वडा सचिवलाई धम्की दिने खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
shilapatra.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र सचिवालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउने र गैरकानुनी दबाब सिर्जना गर्ने जो कोहीलाई कारबाही गर्न निर्देशन दिएको छ । दैलेखका वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिएको अडियो रेकर्डप्रति ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू