विश्वकप लिग–२ मा नेपाललाई लगातार दोस्रो सफलता, स्कटल्याण्डमाथि ६ विकेटको जित

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
hamrakura.com · 1 हप्ता अघि

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १९५ रनको चुनौती नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहित पौडेलले ९८ बलमा अविजित रहँदै ७४ रन जोडे भने इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए। यसअघि स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै १९४ रन बनाएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू