प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
www.nepaljapan.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखका वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने प्रकाश खड्कालाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा अभद्र भाषा प्रयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि सम्बन्धित निकायलाई कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ । कार्यालयले राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि निन्दनीय र अक्षम्य रहेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू