परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
www.globalaawaj.com · 2 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनालसँग काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले संयुक्त शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा मन्त्री खनालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए। उनले जलविद्युत, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन युरोपेली संघलाई आग्रह गर्दै नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू