जुम्लामा हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित
जुम्लाको तिला गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ । जस्तापाताको छाना उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभएको छ । हावाहुरीका कारण विद्यालयको कार्यालयमा रहेका कागजपत्रसमेत उडाएको छ भने कक्षा सञ्चालनका लागि कोठाको अभाव भएको उहाँले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›