स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
▸ यस स्टोरीको अंश: स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । कच्चा पदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुहरूको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको सन्दर्भमा समितिले उद्योगमन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका राजस्व सचिव, भन्सार विभागका महानिर्देशक र उद्योग सचिवसहित सम्बन्धित उद्योगी, प्रतिनिधि तथा माननीय सदस्यहरूको सहभागितामा छलफल गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›