प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दैलेख जिल्लाको दुल्लु नगरपालिका–१२ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको छ। कार्यालयले प्रकाश खड्कालाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›