एक महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जना पक्राउ
▸ यस स्टोरीको अंश: साइबर ब्युरोले तीन कमेडियनलाई प्रहरीबारे अपमानजनक शब्द प्रयोग नगर्न सचेत गरायो
नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरुवा बन्दुक २१ थान, बन्दुक १ थान र एयर गन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ। साथै, उनीहरूबाट चाइनिज पेस्तोलको गोली १ राउन्ड, एसएलआरको गोली २ सय ६३ राउन्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउन्ड समेत बरामद भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित