सरकारको ऋण लगानी जोखिममा, विद्युत प्राधिकरणसहित १० निकायसँग कुल बक्यौताको ९५%
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले नेपाल सरकारको ऋण लगानी र राजस्व बक्यौताको अवस्था भयावह रहेको देखाएको छ । सरकारले गरेको कुल ऋण लगानीको झण्डै ५० प्रतिशत हिस्सा साँवा फिर्ता हुन सकेको छैन, जसले सरकारी कोष व्यवस्थापनमा गम्भीर चुनौती थपेको छ । कर बक्यौतामा पनि वृद्धि भएको छ, जसमध्ये करदाताहरू न्यायिक पुनरावलोकनमा गएका कारण अदालतमा विचाराधीन रहेको प्रतिवेदनमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›