प्रधानमन्त्रीको कार्यशैलीप्रति विपक्षीको आपत्ति, सदनमा फेरि विरोध
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
विपक्षी दलहरूले प्रधानमन्त्रीको खोजी गर्दै मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् । आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन् । विपक्षी दलको विरोधपछि सभामुखले बासना थापा लाई बोल्न समय दिनुभएको थियो । उहाँले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उत्पन्न गरेको बताउँदै संसद् केवल संख्याको खेल नभई विचार–विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो भएको उल्लेख गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित