राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस : अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२र२०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो । सभामा आर्थिक सर्वेक्षण पेस गर्दै उहाँले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताउनुभयो । उहाँले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताउनुभयो । प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्युन रहने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित