प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गंगादशहरा मेला सुरु
▸ यस स्टोरीको अंश: कैलालीको बेहडाबाबा धार्मिक स्थलमा गङ्गादशहरा मेला सुरु
धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित बेहडाबाबामा बुधबारदेखि गंगादशहरा मेला सुरु भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताए। यस मेलामा कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका साथै छिमेकी भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्। जेठ १५ गतेसम्म सञ्चालन हुने मेलाका अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको छ र निःशुल्क बस सञ्चालन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›