काफल पोखिएकी महिलालाई १० हजार क्षतिपूर्ति, पोख्ने प्रहरीलाई कारबाही
▸ यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल पोखिएकी सडक व्यापारी महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ। नगर प्रहरीले दुर्व्यवहार गरी काफलको डालो सडकमा पल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले पीडितलाई राहत दिँदै दोषी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो। कालिकोटको महाबै गाउँपालिका–४ घर भई वीरेन्द्रनगरमा फलफूल बेच्दै आएकी धर्मिला अधिकारी चौलागाईंको काफल नगर प्रहरीले सडकमा पल्टाइदिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›