एमालेमा नेतृत्व परिवर्तन : “…गरिसकेपछि देखेको दैलो !”
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेको सचिवालय बैठकमा पार्टी नेतृत्व परिवर्तनको बहस तीब्र बनेको छ । २१ फागुनको निर्वाचनपछि एमाले इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकाल्दै ओलीलाई अध्यक्ष पद छाडेर ‘अभिभावक’ भूमिकामा बस्न सुझाव दिइए पनि ओलीले उक्त प्रस्तावलाई अस्वीकार गर्नुभएको छ । पार्टी कमजोर हुँदै जाँदा, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित हुँदा र फरक मत राख्नै कठिन वातावरण बन्दा पनि दोस्रो तहका नेताहरू मौन थिए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›