उदयपुरमा किशोरी र महिलामाथि हुने अनलाइन हिंसा रोक्न ‘सुरक्षित डिजिटल अभियान’ सुरु
उदयपुरमा किशोरी तथा महिलामाथि बढ्दो अनलाइन हिंसा, साइबर दुर्व्यवहार तथा डिजिटल अपराध न्यूनीकरण गर्ने उद्देश्यले ‘सुरक्षित डिजिटल अभियान’ सञ्चालन गरिने भएको छ। अभियानको औपचारिक शुभारम्भ आगामी जेठ १६ गते गरिनेछ। अभियानअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रम, समुदायमा आधारित छलफल, जनचेतनामूलक रेडियो नाटक उत्पादन तथा प्रसारण, र अनलाइन सन्देशमूलक सामग्री निर्माण तथा प्रचारप्रसारलगायतका गतिविधि सञ्चालन गरिनेछन्।
3 समाचार
·
19 घण्टा अघि
उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु
उदयपुरको कटारी नगरपालिका-२ मा विद्यार्थी लिन जाँदै गरेको सौगात एकेडेमी बोर्डिङ स्कुलको बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु भएको छ। दुर्घटनापछि बस चालक छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
5 समाचार
·
1 दिन अघि
महिला राइडरद्वारा उदयपुरमा सडक सुरक्षाबारे ५० किलोमिटर सचेतनामूलक यात्रा
उदयपुरमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राबारे जनचेतना फैलाउने उद्देश्यले महिला मोटरसाइकल राइडरहरूले शनिबार ५० किलोमिटर लामो सचेतनामूलक यात्रा सम्पन्न गरेका छन्। उदयपुर महिला बाइक राइडरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको समन्वयमा गाईघाटदेखि कटारीसम्म यो अभियान सञ्चालन गरिएको थियो। यस अभियानले नागरिकको चेतना अभिवृद्धि गर्दै जिम्मेवार चालक संस्कृतिको विकास गर्ने लक्ष्य राखेको छ।
3 समाचार
·
3 दिन अघि
उदयपुरमा १० महिनामा ५,९९० राहदानी वितरण, विदेश जानेको संख्या बढ्दो
जिल्ला प्रशासन कार्यालय उदयपुरले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ ६ गतेसम्म ५ हजार ९ सय ९० जनालाई राहदानी वितरण गरेको छ। यस अवधिमा नयाँ राहदानी लिने ४ हजार ५ सय २४ जना छन्, जसमध्ये पुरुष २ हजार ६ सय १ र महिला १ हजार ९ सय २३ छन्। पुरानो राहदानी नवीकरण गर्ने ९ सय २१ जना छन्।
3 समाचार
·
4 दिन अघि
उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ
उदयपुरको त्रियुगा नगरपालिकामा एक महिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ। बिहीबार मध्यान्ह संगमटोलमा २९ वर्षीया सुमा राईलाई उनकै मामा नाताका ४३ वर्षीय विनोद राईले धारिलो खुकुरी प्रहार गरेका हुन्। प्रहरीले आक्रमणकारी विनोद राईलाई घटनास्थलभेट्नेबित्तिकै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
6 समाचार
·
5 दिन अघि