कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले पार्टी बलियो भए मात्र आफूहरू बलियो हुने बताए। उनले पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखे।
13 समाचार
·
3 दिन अघि