डिजिओले महिला साफ च्याम्पियनसिप नेपालका लागि डिजिटल प्रसारण अधिकार प्राप्त गर्यो
नेपालको डिजिटल प्लेटफर्म डिजिओले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप नेपालका लागि आधिकारिक डिजिटल प्रसारण साझेदारीको घोषणा गरेको छ । यस सम्झौताअनुसार, जेठ ११ देखि २२ गतेसम्म भारतमा आयोजना हुने प्रतियोगिता नेपालमा डिजिओमा डिजिटल रूपमा उपलब्ध हुनेछ । डिजिओले यसअघि फिफा विश्वकप २०२६ को पनि नेपालका लागि डिजिटल प्रसारण अधिकार प्राप्त गरेको थियो ।
3 समाचार
·
3 दिन अघि
साफ महिला च्याम्पियनसिपमा सहभागी नेपाली टोलीको बिदाइ
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिदाइ गरेका छन्। खेलाडीसहित ३१ सदस्यीय टोलीले भारतको गोवामा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनेछ।
4 समाचार
·
5 दिन अघि
मन्त्री पोखरेलद्वारा साफ महिला च्याम्पियनसिपमा सहभागी टोलीलाई बिदाइ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका छन् । मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने बताए । उनले नेपाली महिला फुटबल टोलीको प्रदर्शन प्रशंसनीय रहेको उल्लेख गरे ।
4 समाचार
·
5 दिन अघि