दग्नाम पहिरो नियन्त्रण योजनाका लागि २ करोड २५ लाखमा ठेक्का सम्झौता
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब १२ करोड रुपैयाँ लागतमा १७ आयोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता गरेको छ। यसमध्ये म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नामको पहिरो नियन्त्रण योजनाका लागि २ करोड २५ लाख ६९ हजार ९२९ रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सबै योजना आगामी असार १९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।