पोर्चुगलका तीन सहरमा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन
लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेस सहरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरी यो सेवा प्रवाह गर्न लागिएको दूतावासले जनाएको छ । शिविरमा राहदानी नवीकरण, कागजात प्रमाणीकरण र विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिनेछ ।
3 समाचार
·
5 दिन अघि