पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो। मेयर सिंहमाथि झुट्टा विवरण र कागजात खडा गरी नागरिकता किर्ते गरेको आरोपमा लामो समयदेखि छानबिन भइरहेको थियो।
विदेशी नागरिक अवैध विदेशी मुद्रा र सुनसहित काँकरभिट्टा नाकाबाट पक्राउ
Photo · www.canadanepal.com
पूर्वी नाका काँकरभिट्टाबाट एक विदेशी नागरिकलाई २० हजार अमेरिकी डलर, ८५ हजार ५ सय १० भारतीय रुपैयाँ र ५७० ग्राम काँचो सुनसहित पक्राउ गरिएको छ। मेची भन्सार कार्यालयको यात्रु शाखाले नियमित जाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। बरामद सुनको बजार मूल्य १ करोड ४० लाख ३० हजार ८ सय १५ रुपैयाँ रहेको छ।
- पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको धातु सुन भएको पुष्टि सुनचाँदी व्यवसायी संघ झापाले गरेको छ।
- सीमावर्ती नाकामार्फत ठूलो परिमाणमा सुन र विदेशी मुद्रा ओसारपसारको प्रयास भएपछि सुरक्षा तथा भन्सार निकाय सतर्क बनेका छन्।
- घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ।
घटनाक्रम (4)
थप न्याय
सबै हेर्नुहोस् ›
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आईजीपी कार्कीसहित सुरक्षाकर्मीमाथि विभागीय कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहितका सुरक्षाकर्मीमाथि विभागीय कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले तत्कालीन एआईजी कार्की, डीआईजी ओमविक्रम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्र प्रहरीका अधिकारीहरू, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई कारबाहीको सिफारिस गरेको छ।
सर्वोच्च अदालत भन्छ- पेशी व्यवस्थापनमा गोला प्रक्रिया परिवर्तन गर्ने कुनै योजना छैन
सर्वोच्च अदालतले अदालतहरूमा मुद्दा पेशी व्यवस्थापनका लागि लागू गरिएको गोला प्रक्रियामा कुनै परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट पारेको छ। केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सर्वोच्चले यस्तो स्पष्टीकरण दिएको हो। प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाबारे औपचारिक रूपमा कुनै छलफल वा धारणा नभएको उल्लेख छ।
रेश्मिका हत्या प्रकरणमा उच्च अदालतको आदेशपछि थप तीन युवा पक्राउ
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले उच्च अदालत ओखलढुङ्गाको आदेशपछि थप तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेमन परियार, दीपक श्रेष्ठ र दीपक राई रहेका छन्। यसअघि यस प्रकरणमा एक किशोरलाई पक्राउ गरी कारागार चलान गरिएको थियो।