सांसदद्वारा सरकारको ध्यानाकर्षण: यसवर्ष किसानलाई मलको अभाव हुन नदिन निर्देशन
प्रतिनिधिसभाका सांसदहरूले यसवर्ष किसानलाई रासायनिक मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले असार १५ सम्ममा किसानले पर्याप्त मल पाउने गरी तत्काल खरिद प्रक्रिया अगाडि बढाउन कृषि सामग्री कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले भने बजेट र खरिद प्रक्रियामा लाग्ने समयका कारण किसानको मागबमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ।