सांसद तामाङले जलवायु संकट र बाँझो जमिनबारे सरकारको ध्यानाकर्षण गराइन्
सांसद डा. सुजाता तामाङले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, जैविक विविधताको ह्रास तथा बढ्दो बाँझो जमिनप्रति चिन्ता व्यक्त गर्दै प्रकृतिमैत्री विकास नीतिमा जोड दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान दिए पनि तापक्रम वृद्धि, हिमाल पग्लिने क्रम, अनियमित वर्षा तथा प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरेको बताइन्।