अब च्याटजीपीटीले बनाइदिनेछ तपाईंको बचत र लगानीको योजना, यस्तो छ ‘पर्सनल फाइनान्स टुल’
▸ यस स्टोरीको अंश: ओपनएआईले च्याटजीपीटीमा ल्यायो व्यक्तिगत वित्त व्यवस्थापन फिचर, अमेरिकामा परीक्षण सुरुओपनएआईले च्याटजीपीटीमा व्यक्तिगत वित्त (पर्सनल फाइनान्स) व्यवस्थापन गर्ने फिचर ल्याउने भएको छ । कम्पनीले हाल अमेरिकाका ‘प्रो’ प्रयोगकर्ताका लागि परीक्षणको रूपमा यो सुविधा उपलब्ध गराएको छ । नयाँ फिचरमार्फत प्रयोगकर्ताले आफ्नो बैंक अकाउन्ट, क्रेडिट कार्ड र अन्य लगानीका विवरण च्याटजीपीटीमा सिधै जोड्न सक्नेछन् । यसबाट प्रयोगकर्ताले आफ्नो खर्चको विश्लेषण गर्ने, अनावश्यक सब्स्क्रिप्सन पत्ता लगाउने र भविष्यका लागि वित्तीय योजना बनाउन च्याटजीपीटीसँग परामर्श लिन सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित