सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो
साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १९ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १४० रुपैयाँले बढेर प्रतितोला ५१५० रुपैयाँमा कारोबार भईरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›