पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु, सामाजिक विकासमा जोड
काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि 'पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन' सुरु भएको छ। समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष र नेपाल विकास अभियानसहित विभिन्न संघसंस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनमा सामाजिक उद्यमशीलताका नीति, अभ्यास र चुनौतीहरूमाथि छलफल हुनेछ। सम्मेलनको उद्घाटन गर्दै परिषद्का निमित्त निर्देशक संजयकुमार मल्लिकले सामाजिक उद्यमशीलताले आर्थिक वृद्धिदरलाई गति दिनुका साथै सामाजिक चुनौतीहरूको दिगो समाधानमा भूमिका खेल्ने बताए।
4 समाचार
·
1 दिन अघि