पत्रकार जीवन लामाद्वारा खिचिएका चेर्दुङका तस्बिरहरूको प्रदर्शनी सुरु
पत्रकार जीवन लामाले खिचेका दोलखाको चेर्दुङ हिलस्टेसनका ३१ वटा तस्बिरहरूको तीन दिने प्रदर्शनी बिहीबारदेखि काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको छ। एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको यस प्रदर्शनीको उद्देश्य चेर्दुङको प्रचारप्रसार गर्नु हो। पर्यटनविज्ञ आङछिरिङ शेर्पाले प्रदर्शनीले चेर्दुङलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
3 समाचार
·
1 दिन अघि