कामना सेवा विकास बैंकले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्यो
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोंगबु शाखा कार्यालयमार्फत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’मा आश्रित २८ जना अनाथ र असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले संस्थाका संस्थापक बिनिता अर्याललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। संस्थापक अर्यालले यस सहयोगले बालबालिकाहरूको शैक्षिक पहुँचमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
7 समाचार
·
6 दिन अघि