जापानले विदेशी व्यवसायीका लागि कडा नियम लागू गर्यो, नेपाली व्यवसायी त्रसित
जापान सरकारले विदेशी व्यवसायीहरूका लागि नयाँ नियमहरू लागू गरेको छ, जसले विशेष गरी नेपाली व्यवसायीहरूलाई त्रसित बनाएको छ। अक्टोबर २०२५ देखि लागू हुने नयाँ नियम अनुसार, जापानमा व्यवसाय गर्न चाहने विदेशीहरूले कम्तिमा तीन करोड रुपैयाँको कम्पनी पुँजी जुटाउनुपर्ने, तीन वर्षको व्यवस्थापन अनुभव वा व्यवस्थापन संकायमा डिग्री हुनुपर्ने, एक जना पूर्णकालीन जापानी वा पीआर होल्डर कामदार राख्नुपर्ने, र कम्पनी मालिकले N2 वा सो सरहको भाषा परीक्षा पास गर्नुपर्ने वा सो सरहको भाषा पास गरेको कामदार राख्नुपर्ने जस्ता शर्तहरू पूरा गर्नुपर्नेछ।