दर्शक प्रतिक्रिया बुझ्न ‘मीतज्यू’ टोली मोफसल दौडाहामा
गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मीतज्यू’का मुख्य कलाकार दयाहाङ राई, तेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगरसहितको टोली दर्शकको प्रतिक्रिया बुझ्नका लागि नेपालगञ्ज, दाङ र बुटवलतर्फ मोफसल दौडाहामा निस्किएको छ। राजधानीका हलहरूमा दर्शकको प्रतिक्रिया लिएपछि निर्माण टोलीले मोफसलका हलहरूमा दर्शकसँगै बसेर फिल्म हेर्ने कार्यक्रम रहेको छ।
4 समाचार
·
1 दिन अघि