तीन नयाँ नेपाली चलचित्रहरू ‘रोल नं १’, ‘सेप अफ मोमो’ र ‘कुम्भ’ प्रदर्शनमा
तीन फरक कथावस्तु र प्रस्तुतिमा आधारित नयाँ नेपाली चलचित्रहरू ‘रोल नं १’, ‘सेप अफ मोमो’ र ‘कुम्भ’ आजबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएका छन्। ‘रोल नं १’ बाल मनोविज्ञानको दबाबमा केन्द्रित छ भने ‘सेप अफ मोमो’ले परिवारका तीन पुस्ताका महिलाहरूको कथा पस्केको छ। एक्सन जनरामा आधारित ‘कुम्भ’ पनि आजैबाट दर्शकमाझ आएको छ।
4 समाचार
·
1 दिन अघि