टेकपाइला इनोभेसन र एनसीसी एजुकेशन यूकेको साझेदारीमा साइबर सुरक्षा, एआई र डाटा साइन्सका कोर्सहरू
टेकपाइला इनोभेसनले एनसीसी एजुकेशन यूकेसँगको रणनीतिक साझेदारीमा कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूलाई साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डाटा साइन्सका अन्तर्राष्ट्रिय स्तरका कोर्सहरू आफ्नै विद्यालयमा पढ्न पाउने व्यवस्था मिलाएको छ। टेकपाइलाका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र यी सीपहरू २१औँ शताब्दीका लागि अनिवार्य भएको दाबी गरेका छन्।
7 समाचार
·
6 दिन अघि