खाद्य प्रविधि विभागद्वारा म्याग्नेसियम ग्लाइसिनेटयुक्त पूरक खाद्य पदार्थ बिक्रीमा प्रतिबन्ध
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘म्याग्नेसियम ग्लाइसिनेट’ मोलिक्युल भएका कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा दर्ता नभएको भन्दै यसको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। विभागले यस्ता गैरकानुनी र अपरीक्षित सप्लिमेन्टहरु प्रयोग नगर्न उपभोक्तालाई सचेत गराएको छ। विभागका अनुसार दर्ता नगरी बिक्री वितरण गरेको पाइएमा ऐन बमोजिम कारबाही हुनेछ।
4 समाचार
·
6 दिन अघि