डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण गर्यो
डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिँदै सम्झौता नवीकरण गरेको छ। कम्पनी र रायमाझीबीच भैँसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा भएको सम्झौतामा प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल र रायमाझीले हस्ताक्षर गरेका छन्। डिशहोमले डिजिटल कनेक्टिभिटी र युवा पुस्तासँगको सम्बन्धलाई प्राथमिकता दिँदै यो सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।
8 समाचार
·
19 घण्टा अघि