संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस: दुई नेपाली सैनिकलाई मरणोपरान्त 'ड्याग ह्यामार्शोल्ड पदक' प्रदान गरिने
संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मे २९ मा मनाइँदैछ, जसको स्मरणमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा विशेष समारोह आयोजना गरिनेछ । यस समारोहमा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त 'ड्याग ह्यामार्शोल्ड पदक' प्रदान गर्नेछन्, जसमा नेपालका दुई सैनिक कर्पोरल सुरज लामिछाने र सिपाही देवीराम जैसी पनि समावेश छन् ।
11 समाचार
·
1 दिन अघि