श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई 'नछुङ' चयन
श्रम संस्कृति पार्टी खोटाङको जिल्ला अध्यक्षमा धनीराम राई 'नछुङ' चयन भएका छन्। यसअघि पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन भएपछि रिक्त रहेको पदमा नछुङलाई जिम्मेवारी दिइएको हो। दिक्तेलमा बसेको पार्टीको जिल्ला समितिको बैठकले यसअघि सचिव रहेका नछुङलाई अध्यक्षको जिम्मेवारी दिएको छ।
5 समाचार
·
4 दिन अघि