कान्तिपुर थिएटरमा ‘महाभारत’ नाटक मञ्चन हुने
कान्तिपुर फिल्म एकेडेमीले जेठ १४ गतेदेखि कान्तिपुर थिएटरमा पाँचौँ थिएटर प्रोडक्सन ‘महाभारत’ नियमित मञ्चन गर्ने भएको छ। यस नाटकले नेपाली रङ्गमञ्चको दायरा फराकिलो बनाउने र विभिन्न क्षेत्रका कलाकारलाई एकै मञ्चमा ल्याउने उद्देश्य राखेको छ। नाटकमा रमेश बुढाथोकी, मनोज गजुरेल लगायतका कलाकारको अभिनय रहनेछ भने नवीन भट्टले निर्देशन गरेका छन्।
4 समाचार
·
3 दिन अघि