गायक बियोन्डको नयाँ रोमान्टिक गीत ‘झिम झिम’ सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एफएसडी फिल्म्सको प्रस्तुतिमा तयार गरिएको गीत तथा यसको भिडियो सार्वजनिक गरिएको हो। आधुनिक संगीत शैली र रोमान्टिक भावनाको संयोजन रहेको ‘झिम झिम’ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले अभिव्यक्त गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।
7 समाचार
·
4 दिन अघि