नेपाल हस्तकला महासङ्घद्वारा जेठ ८ देखि ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना
नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले जेठ ८ देखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ। यस प्रदर्शनीले स्थानीयस्तरमा उत्पादित हस्तकला वस्तुको प्रचारप्रसार गरी उद्यमीलाई बजारसम्म पहुँच पुर्याउने र परम्परागत सीपको संरक्षण गर्ने लक्ष्य राखेको छ। महासङ्घका अनुसार हस्तकला क्षेत्रले लाखौंलाई रोजगारी सिर्जना गरेको छ र वार्षिक करिब २८ अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात गरिरहेको छ।
11 समाचार
·
4 दिन अघि