पनौती नगरपालिकाले रोशी खोला किनारका १३७ सुकुम्बासी परिवारलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु गर्यो
पनौती नगरपालिकाले सरकारको परिपत्रअनुसार रोशी खोला आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने १३७ सुकुम्बासी परिवारलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ। नगरप्रमुख रामशरण भण्डारीका अनुसार, वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले नागरिकको सुरक्षालाई ध्यानमा राखेर उनीहरूका घरटहरा खाली गराउन थालिएको छ। यसका लागि वास्तविक सुकुम्बासीको पहिचान र तथ्याङ्क संकलनको काम भइरहेको छ।
4 समाचार
·
4 दिन अघि