बागमती प्रदेशले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने मुख्यमन्त्री बानियाँको भनाइ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताउनुभएको छ। उहाँले आगामी बजेटमा प्रविधिमैत्री शिक्षाका साथै नैतिकता, अनुशासन र मर्यादासँग जोडिएको नैतिक शिक्षालाई अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो। मुख्यमन्त्री बानियाँले निजी विद्यालयहरूले पनि प्रविधिमैत्री तथा नैतिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिनुभयो।
4 समाचार
·
4 दिन अघि