काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। यो प्रदर्शनीले उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्य राखेको छ।
11 समाचार
·
8 घण्टा अघि