धनकुटामा सहिद भीमनारायण गोल्डकप सुरु, सलहेश फुटबल क्लब विजयी
धनकुटामा सहिद भीमनारायण गोल्डकपको १८ औं संस्करणको प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा सलहेश फुटबल क्लब सिराहाले राष्ट्रिय जागृति क्लब सुनसरीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो।
4 समाचार
·
1 दिन अघि