ललितपुरमा नक्कली ब्राण्डेड मदिरा कारखानामा सशस्त्र प्रहरीको छापा, चार जना पक्राउ
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सशस्त्र प्रहरीले नक्कली ब्राण्डेड मदिरा उत्पादन भइरहेको कारखानामा छापा मारेको छ। यस कारबाहीका क्रममा रेड लेबल, ब्ल्याक लेबललगायतका महँगा ब्राण्डका नक्कली मदिरा, उत्पादनमा प्रयोग हुने केमिकल र उपकरणसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रक्रियामा छ।
10 समाचार
·
6 दिन अघि