जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन, न्यायको माग
काठमाडौंको माइतीघर मण्डलामा जात व्यवस्थाले निम्त्याएको उत्पीडन, श्रृङ्खलाबद्ध हत्या र ऐतिहासिक विभेदविरुद्ध प्रतिरोधात्मक प्रदर्शन गरिएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको प्रदर्शनमा देशभरका उत्पीडित समुदाय, बौद्धिक वर्ग र मानवअधिकारकर्मी सहभागी भएका छन्। प्रदर्शनकारीहरूले ६ वर्षअघि रुकुम सोतीमा अन्तरजातीय प्रेमका कारण मारिएका नवराज विकसहित ६ युवाको स्मृतिमा 'ऐतिहासिक विद्रोह दिवस' घोषणा गरी न्यायको माग गरेका छन्।
20 समाचार
·
3 दिन अघि