रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश, फिलिपिन्सका फाइटर पराजित
नेपाली मिक्स मार्सल आर्ट्स फाइटर रवीन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्। उनले चीनको मकाउस्थित ग्यालेक्सी एरिनामा भएको ब्यान्टमवेट क्वार्टरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउट (टीकेओ) मार्फत पराजित गर्दै यो सफलता हासिल गरेका हुन्। यो जितसँगै ढाँट ‘रोड टु यूएफसी’ मा प्रतिस्पर्धा गर्ने र सेमिफाइनलसम्म पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
10 समाचार
·
9 घण्टा अघि