सहकारीमा १५ करोडभन्दा बढी पेश्की बेपत्ता, अध्यक्षकै मिलेमतोको आरोप
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) का सदस्यहरूको बचत र लगानीमा सञ्चालकहरूले करिब १५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार, १३ करोडभन्दा बढी पेश्की रकम फर्छ्योट नभएको र थप २ करोडभन्दा बढी रकम प्रमाणबिनै हिसाबबाट हटाइएको छ। यसमा संस्थाका अध्यक्ष डा. वंशीधर मिश्र लगायतका पदाधिकारी र बाहिरी फर्महरूको समेत संलग्नता रहेको दाबी गरिएको छ।
3 समाचार
·
3 दिन अघि