संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग सुझाव माग
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ । संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सात दिनभित्र लिखित सुझाव माग गरिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले विभिन्न राजनीतिक दल, संविधानविद्, कानुनविद् र सरोकारवालाहरूसँग छलफल गरी सुझाव सङ्कलन गरिसकेको छ ।
14 समाचार
·
1 दिन अघि