याङ्गो राइडले यात्रुहरूको प्रोफाइल पूरा गरेपछि ब्याज दिने सुविधा सुरु गर्यो
विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले यात्रुहरूको विश्वास र सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले नयाँ ‘कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा सुरु गरेको छ। यस सुविधाअन्तर्गत यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि प्राप्त गर्ने ब्याज चालकले राइड स्वीकार गर्नुअघि नै देख्नेछन्, जसले चालकलाई यात्रुबारे थप विश्वस्त हुन मद्दत गर्नेछ। याङ्गो राइडका अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन्।
8 समाचार
·
5 दिन अघि