भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
भारतमा प्रधानन्यायाधीश सूर्य कान्तले युवाहरूलाई 'कक्रोच' (साङ्ला) सँग तुलना गरेको भनिएको टिप्पणीको विरोधमा सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक व्यंग्यात्मक अभियान सुरु भएको छ। यो अभियानले छोटो समयमै लाखौं युवाहरूलाई आकर्षित गरेको छ र यसको वेबसाइट तथा इन्स्टाग्राममा ठूलो संख्यामा सदस्यहरू जोडिएका छन्। यस अभियानलाई युवा असन्तुष्टि र राजनीतिक विकल्पको खोजीको रूपमा पनि हेरिएको छ।