‘लालीबजार’ तेस्रो सातामा पनि सफल, ५ करोड ७६ लाखको व्यापार
यसवर्ष २०८३ मा प्रदर्शन भएका चलचित्रहरूमध्ये ‘लालीबजार’ सबैभन्दा बढी कमाउने चलचित्र बनेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ कमाएको छ। यस चलचित्रले २ लाख बढी दर्शकले हेरिसकेका छन्।
6 समाचार
·
12 घण्टा अघि
कलाकर्मीद्वारा ‘लालीबजार’को प्रशंसा, वर्षौंसम्म सम्झिने चलचित्र बनेको दाबी
अभिनेता तथा निर्देशक नीर शाहसहितका कलाकर्मीले नेपाली चलचित्र ‘लालीबजार’को विषयवस्तु, निर्देशकीय पक्ष र कलाकारहरूको जीवन्त अभिनयको प्रशंसा गर्दै यसलाई वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताएका छन् । चलचित्र प्रदर्शन भएदेखि नै दर्शक र कलाकर्मीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टोलीले जनाएको छ ।
21 समाचार
·
2 दिन अघि
‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
अभिनेत्री स्वस्तिमा खड्का अभिनित नेपाली चलचित्र ‘लालीबजार’ले प्रदर्शनको दुई सातामा पाँच करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार जेठ ७ गतेसम्म उक्त कमाइ भएको हो। चलचित्रले आमा-छोरीको कथा र शिक्षाको महत्वलाई प्रभावकारी ढंगले प्रस्तुत गरेकाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
35 समाचार
·
2 दिन अघि
चलचित्र 'लालीबजार'ले वादी समुदायको पीडा र सामाजिक अन्यायलाई पर्दामा उतार्ने प्रयास
चलचित्र 'लालीबजार'ले वादी समुदायभित्र महिलामाथि हुने संरचनात्मक अन्याय, वर्गीय विभेद र प्रेमले समाजसँग हार्नुपरेको यथार्थलाई चित्रण गर्ने प्रयास गरेको छ। निर्देशक यम थापाले निर्देशन गरेको यो चलचित्रमा स्वस्तिमा खड्काले मधुबालाको मुख्य भूमिका निर्वाह गरेकी छिन्, जसले परिवार पाल्न शरीर बेच्नुपर्ने बाध्यता र अन्तरजातीय प्रेम विवाहपछि समाजबाट अस्वीकृत भएर पुनः पुरानै ठाउँमा फर्किनुपर्ने कथालाई प्रस्तुत गर्दछ।
3 समाचार
·
4 दिन अघि